शेरबहादुर देउवाले गरे सभापतिमा मनोनयन दर्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेद्वारी दर्ता गरेका हुन्।

उनकाे प्यानलमा उपसभापतिको उम्मेद्वारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल छन्। पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेद्वार बनेका हुन् ।

संस्थापन समूहबाट आठ जनाको टुंगो लागेको छ। जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेद्वार बनेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य