एनआरएनएमा ‘सेल्फी भोटिङ प्रणाली’ लागू हुने

एजेन्सी । डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।

सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फी मार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

गैरआवासीय नेपाली संघका ३३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरुले स्मार्ट एनआरएनए डाउलोड गरेर सेल्फी दिएका छन् ।

संघको निर्वाचन समितिले डिसेम्बर २६- २७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस