उम्मेद्वारकाे टुंगाे लगाउन देउवाले बाेलाए पदाधिकारीका आकांक्षीकाे बैठक

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्ने भएका छन्।

महाधिवेशनमा उम्मेद्वारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन्।

देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए। देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन।

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ।

संस्थापनइतरले पनि सभापतिमा साझा उम्मेद्वार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ। मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेद्वार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

५५ करोडको अनलाइन जुवा खेलाएको आरोपमा युवक पक्राउ

काठमाडौँ । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका …

प्रतिकृया दिनुहॊस