लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले आइतबारदेखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप–महानगरपालिका वडा नं. १५ बि.पि. चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।
यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन विकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अन्जु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप–प्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्तरुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सयुंक्तरुपमा गरे।
घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्तरुपमा गरेका थिए ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिकृया दिनुहॊस