मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजर जस्ता सामाग्रीहरु वितरण गरेको छ ।

यससँगै, ट्राफिक सचेतनाकाका लागि वोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यसका साथै इलाका प्रहरी कार्यालयको डेढगाउँमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटनामा परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाउँपालिका वडा नं ६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको छ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री