चार वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु: कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन्। यस चार वर्षमा पार्टीलाई उचाइमा पुर्याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ।

अध्यक्षका उम्मेद्वारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए ।

थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन अध्यक्षको दौडमा छन्। उनले उम्मेद्वारी घोषणा गरिसकेका छन् । लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित नेताहरुको समर्थन छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री