सुनचाँदीकाे भाउ घट्याे

आज सुनचाँदीको भाउ ओरालो लागेको छ। आज सुन ४ सय र चाँदी ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ, तेजाबी सुन ९१ हजार ४ रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री