कर्णाली प्रदेशः कांग्रेस सभापतिमा राजीव विक्रम शाहकाे माहाेल

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा भइरहेको प्रदेशस्तरीय अधिवेशनमा देशभर कांग्रेसीहरु प्रजातान्त्रिक पद्धतिअनुसार नेता चयन गर्ने गृहकार्यमा लागि परेका छन् ।

यसैबीच कर्णाली प्रदेशको सभापतिमा राजीव विक्रम शाह र दीपक जंग शाह दुई दाजुभाई आपसमै लड्ने तथा आधा दर्जन सभापति आकांक्षीका भए पनि कर्णाली प्रदेशको माहौल राजीव विक्रम शाहको पक्षमा तातिरहेको जानकारीमा आएको छ।

८० प्रतिशत मत राजीव विक्रम शाहको पक्षमा जाने देखिएपछि सहमतिय प्रणालीबाटै सर्वसम्मत रुपमा राजीव विक्रम शाहलाई कर्णाली प्रदेशको सभापति घोषणा गर्ने लगभग तय भएको विश्वस्त सूत्रले जनाएको छ।

केन्द्रीय सदस्यमा आकांक्षा राखेका राजीव विक्रम शाहलाई पार्टी सभापति शेरबहादुर देउवाले कर्णालीमा एक मात्रै जित्ने उम्मेद्बार हो भनेपछि देउवाको कुरालाई लिएर कर्णाली पुगेका राजीव शाहलाई १० वटै जिल्लाबाट नै सर्मथन रहेको देखिन आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस