आज १.६४ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ। नेप्से आज १.६४ अंकले घटेको लागेको छ भने सोमबार २१.५१ अंकले गिरावट आएको थियो।

‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ। सेन्सिटिभ इन्डेक्स ०.१८ अंकले घटेर ४९५.६४ अंकमा बन्द भएको छ।

आज बजारमा ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ ६९ पैसामा कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ पैसाको कारोबार भएको थियो।

आज नेप्सेमा २२४ कम्पनीको सेयर कारोबारमा आएकोमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वटमध्ये ७ वटा उपसमूहमा रातो पोतिएको छ भने ६ बटा उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।

त्यस्तै सबैभन्दा बढी कमाउने कम्पनीहरूमा सामलिंग पावर कम्पनी ९.९९ प्रतिशत र न्यादि हाइड्रो पावर ९.९८ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा इन्फिनिटी लघुवित्त ४.७७ प्रतिशत र लाइफ इन्स्याेरेन्स कम्पनी २.८६ प्रतिशत रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप