उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना, यस्ताे छ तीन दिनको मौसम

आज बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस