गोसाईंकुण्डमा जीप दुर्घटना हुँदा चार वर्षीया बालिकाको मृत्यु, ६ घाइते

काठमाडाैँ । रसुवाको गोसाईकुण्डमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोसाईंकुण्ड गाउँपालिका ६ ठाडेमा सोमबार बा १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट तल खस्दा चार वर्षीया बालिका नेबी घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा जीप चालक दोर्जे तामाङसहित ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य