राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । पूर्व उपाध्यक्ष  शेर्पाको ५० वर्षको उमेरमा बुधबार बिहान ३ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो तीन वर्षदेखि अस्वस्थ रहँदै आएका शेर्पा नशा सम्बन्धी रोगबाट पीडित थिए ।  अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री