सचिव–सहसचिवलाई मन्त्रीको धम्की

काठमाडौं । मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्च पदस्थहरुले सरुवा माग गर्न थालेका छन् ।

सचिव तथा सहसचिवहरुले अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् , मन्त्रीहरुको अनावश्यक टर्चर धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री र सचिवबीच द्वन्द्व समेत बढ्न थालेको छ ।

तर, सचिवहरुले भने मन्त्रीका गैरकानुनी आदेश नमान्ने चेतावनी दिन थालेका छन् । केही सचिवहरुले मन्त्रीले आफूहरुलाई गैरकानुनी काम गर्न दबाब दिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिद् कार्यालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लागि मौखिक निवेदन समेत दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सामान्यतया सचिवको सरुवाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने कानुनी प्रावधान छ । तर, पछिल्लो पटक भने यो प्रावधानलाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रधानमन्त्री र मन्त्रीकै ठाडो प्रस्तावमा सचिवको सरुवा हुँदै आएको छ । हाल मन्त्रीले सिचव रोज्ने गलत प्रवृत्ति हावी भएकाले धेरै प्रकारका समस्या सिर्जना भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री