काेराेना अपडेटः २३८ जना सङ्क्रमित थपिए, ३७० निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार १२३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३१४ जना रहेको छ।

आज ३७० जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ८ लाख ३५९ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

एक जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ४० हजार १४ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १६४ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस