ए डिभिजन लिग: संकटाले हिमालयन शेर्पासँग अंक बाँढ्याे

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो। खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए।

गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यसवर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने। खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए। खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए।

आजै हुने दोस्रो खेलमा थ्रि स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ पौने ५ बजे सुरू हुँदैछ।

थ्रि स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरूको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन्। थ्रि स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रँदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए। शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस