घरजग्गाको मूल्य वार्षिक २६ प्रतिशतले वृद्धि, गण्डकी प्रदेशमा सबैभन्दा बढी

घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो।

मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायित्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने र यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरि घर जग्गामा मुद्रास्फिती मापन गर्न पनि अध्ययन जरुरी रहेको राष्ट्र बैंकको ठहर छ। आगामी दिनमा हरेक तीन महिनामा घरजग्गाको मूल्य सूचकाङ्क प्रकाशित गर्ने तयारीसमेत गरिएको छ।

राष्ट्र बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरेको हो। बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ।

अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा १९.१९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ। यस्तै, कर्णाली प्रदेशमा १९.०२ प्रतिशत, वाग्मती प्रदेशमा १८.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १६.३२ प्रतिशत, प्रदेश नं २ मा १६.२ प्रतिशत, प्रदेश नं १ मा १५.१४ र लुम्बिनी प्रदेशमा ४.३२ प्रतिशतले मूल्यवृद्धि भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस