नेपाल बङ्गलादेश बैंकले साढे १५ प्रतिशत लाभांश दिने

नेपाल बङ्गलादेश बैंकले शेयरधनीलाई १५.५० प्रतिशत लाभांश दिने भएकाे छ। बैंककाे २७ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेकाे हाे।

बैंकले आव २०७७/०७८ को मुनाफा रकमबाट ०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर र ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत) का दरले नगद लाभांश वितरण गर्ने जनाएकाे छ।

शुक्रबार सम्पन्न बैठकले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। सभाले आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको हाे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस