सिभिल बैंक सञ्चालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औँ बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष पाण्डेले बैंकलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए ।
ग्राहकलाई नवीनतम सेवा, सुविधाहरू प्रदान गर्नेतर्फ बैंकले प्राथमिकता दिनुपर्ने उनकाे भनाइ थियाे ।
तपाईंको प्रतिकृया




