नबिल बैंककाे प्रिमियम रेमिट्यान्स सेभिङ्ग अकाउन्ट, उच्च व्याजदर

काठमाडौं । नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्ग अकाउन्ट संचालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी याे बचत खाता खोल्न सकिने बैंकले जनाएकाे छ ।

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । याे नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्ग अकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बैंकले जानकारी दिएकाे छ । सन् १९८४ मा स्थापित नवील  बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री