अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन्। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन्।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ।

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन्।

सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस