माथिल्लो सोलु हाइड्रोपावरले ३३ लाख कित्ता आइपिओ निष्कासन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर जारी गर्ने जनाइएको छ।

कम्पनीले एनएमबी क्यापिटल मार्फत शेयर निष्कासन तथा बिक्री गर्ने कम्पनीका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार कम्पनीले आइपिओ निष्कासनको लागि २०७७ चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

४ अर्ब ५० करोडको लागतमा २०७६ सालको मंसिरमा विद्युत् निर्माण सम्पन्न गरेको हाइड्रोपावर कम्पनीले हाल विद्युत् उत्पादन गर्दै आएको छ। आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठ वटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी रहेको जनाइएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री