आज २०५औं भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’-१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह  गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस