नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड चन्द्रागिरि हिल्सलाई

काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यसवर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।

भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन्।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस