टिकटक स्टार नेपाल रियालिटी सो’ हुँदै, विजेतालाई कार

काठमाडाैँ । टिकटकमा आधारित टेलिभिजन रियालिटी सो सञ्चालन गरिने भएको छ । शिखर नेपालले ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८’ सञ्चालन गर्ने भएको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो । टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउने अपेक्षासहित कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिता नाइस टेलिभिजन एचडीबाट प्रसारण गरिनेछ ।

टेकप्रसाद बास्तोला निर्माता रहेको टेलिभिजन सोमा गायन, नृत्य, अभिनय तथा रचनात्मक प्रस्तुतिका साथ सहभागी हुन पाइनेछ । आयोजकका अनुसार भिडिओ १५ सेकेन्डदेखि ३ मिनेटसम्मको हुनुपर्नेछ भने अनलाइन अडिसन मंसिर मसान्तसम्मका लागि आह्वान गरिएको छ ।

उक्त प्रतियोगिताको निर्णायकमा कलाकारहरू गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी रहेने जनाकारी पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा प्रथम पुरस्कार कार, दोस्रो पुरस्कार मोटरसाइकल र तेस्रो पुरस्कार स्कुटर दिइने आयोजकले जनाएको छ । साथै टप १० भित्र पर्ने प्रतिस्पर्धीका लागि पनि कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायत उपहार राखिएको सोका निर्देशक हरी शर्माले जानकारी दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यमा भएको कार्यक्रम घोषणा समारोहमा अभिनेताद्वय भुवन केसी र सरोज खनाल, चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भिष्मराज फुलारा, सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई शिखर सम्मान-२०७८ प्रदान गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री