सिटिजन्स बैंक र सोवा हेल्थकेयरबीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताएको छ । मोबाइल बैकिङ्गमार्रफत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरिएको सिटिजन्स बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११२ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री