भीमदत्तनगर, १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । लेकम गाउँपालिका– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९२ मत र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले २१३ मत प्राप्त गरे । उत्त वडामा कुल एक हजार ८० मत खसेको थियो ।
लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहॊस