नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गरेकाे छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराउनुभएको छ ।

भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार बेलुका १२ बजेदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds