इन्धनको मूल्यवृद्धिविरूद्ध विद्यार्थीहरूद्वारा विराेध प्रदर्शन र चक्काजाम

सरकारले पेट्राेलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन्। बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन्।

आयल निगमले गए रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू आज बिहानैदेखि सडकमा ओर्लिएका हुन्।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन्। मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अहिलेसम्म ३३ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । …

प्रतिकृया दिनुहॊस