वाग्मती प्रदेशः आज दुई जना मन्त्री थपिँदै

हेटाैँडा।

वाग्मती प्रदेश सरकारले आज थप दुई जना मन्त्री पाउने भएको छ। नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको वाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा रहेका छन्।

राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्ण भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानले शपथ लिइसकेका छन्।

११ कात्तिकमा शपथ लिएका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए।

वाग्मतीमा हाल १०९ सांसद रहेका छन्। वाग्मतीमा ४३ सांसद रहेको एमाले भने अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ। प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस