आइएमईको ‘वर्ड भ्रमण विथ साइग्रेस’

काठमाडौं । आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ ।

नेपालका सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा कात्तिक २३ देखि मंसिर १७ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति दिनेछन् ।

कार्यक्रमको टिकेटिङ पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ। साथै, एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आईटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ।

उक्त कार्यक्रम आइएमई  र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल (फेसबुक, युट्युब, ट्विटर लिंक्डइन) पेजहरुका अतिरिक्त साइग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस

This will auto close after