ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले मंगलबार  बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री