सडक छेउको रुखमा मोटरसाइकल ठोक्किँदा चालकको गयो ज्यान

काठमाडौं । काठमाडौको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री