टेस्लाको १० प्रतिशत सेयर बेच्न एलन मस्कलाई आग्रह

एजेन्सी । ट्वीटरको मत सर्वेक्षणको मतदाताहरूले विश्वकै सबैभन्दा धनीमध्येका एक एलन मस्कलाई कर तिर्नका लागि टेस्लाको १० प्रतिशत सम्म सेयर बेच्न आग्रह गरेका छन् । मस्कले शनिबार ट्वीटरमा मत सर्वेक्षण टेस्लाको १० प्रतिशत सेयर बेच्ने प्रस्ताव गरेका थिए ।

३५ लाख ट्वीटर प्रयोगकर्ताहरूमध्ये झण्डै ५८ प्रतिशतले टेस्लाको सेयर बेच्नुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेका हुन् । मस्कले मत सर्वेक्षणको नतिजा अनुसार काम गर्ने वाचा गरेका छन् । योसँगै उनले झण्डै २१ अर्ब डलर बेच्नुपर्ने हुन सक्छ ।

तर, विश्वकै सबैभन्दा धनी मानिसहरूमध्येका एक मस्कले कसरी र कहिले सेयर बिक्री गर्छन् भन्ने बारे अझैसम्म सार्वजनिक टिप्पणी गरेका छैनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री