भिरबाट खसेर वृद्धको मृत्यु

काठमाडौँ । तनहुँमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा खसेर ७६ वर्षीय डिलबहादुर पुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घर नजिकै रहेको एक्लेफाँट भिरबाट करिब ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको थियो । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री