कोरोना अपडेटः १३९ जनामा संक्रमण पुष्टि, ३९६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३२ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ४१७ र एन्टीजेनबाट ९४ हजार ८१५ पुगेको छ।

नेपालमा हाल ८ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस