प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसदमा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।
सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग शुक्रबार संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो।
विगतको सरकारले संसदमा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताए। नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।
तपाईंको प्रतिकृया



