काठमाडौं । काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ।
कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्।
काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो। रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन्।
१७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए। ‘काग भएका ठाउँमा आफैं आउँछन् त्यसैले नभएको स्थानमा म काग बोलाउँछु’, रमेशले भने, ‘मैले नारायणहिटी दरबार अगाडि काग बोलाउने योजना पनि बनाएको थिएँ, तर त्यहाँ जाम हुन्छ भनेर यहीँ गरेको हुँ।’ उनले सपनामा काग कराएको देखेपछि विपनामा त्यसलाई एप्लाई गरे।
बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उनले बताए।
तपाईंको प्रतिकृया



