मालिका र बेलबारीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरेको छ ।

मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा संचालित कार्यक्रममा २३ जना अपांङ युवाहरुको सहभागिता रहेको थियो ।

कम्पनीका उपक्षेत्रिय प्रमुख हिरा निरौलाले तालिम दिएका थिए ।यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीहरुलाई ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा सहभागि गराइएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा संचालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सहभागि विद्यार्थीहरुलाई कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले तालिम दिएका थिए ।

त्यसैगरी सोही दिन दिउँसो किसानी मावि प्राविधिक शिक्षालयमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरिएको थियो ।

प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा बारेको तालिम प्रदान गरेकी थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस