ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई तिहारमा बिगमार्टबाट सामान किन्दा छुट

काठमाडौं  । ग्लोबल आइएमई बैंकले  तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।

यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा रु. ३०० सम्म छुट पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप