विश्वकप सेमिफाइनलमा आज फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

एजेन्सी।  रुसमा जारी विश्वकप फुटबल २०१८को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा  हुनेछ ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक

विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री