काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले विरोधका कार्यक्रम गरिरहेको छ ।
पाँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले आजदेखि बुधवारसम्म कालो कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने जनाएको छ ।
इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको एशोसियसनले जनाएको छ ।
यसअघि न्यायाधीशहरूले शुक्रवार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बारे सामान्य छलफल गरेका थिए । आज विस्तृत छलफल गर्ने गरी बैठक सकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन् ।
तपाईंको प्रतिकृया




