नेप्सेमा सूचीकृत भयाे सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता शेयर

काठमाडौं  ।सिटिजन्स बैंकको ९१ लाख ४८ हजार ८२२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १.० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप