सिस्टममा समस्या आएपछि चार दिनमै बन्द भयाे लाइसेन्सको अनलाइन आवेदन प्रणाली

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ। मर्मतका लागि भन्दै बिहीवारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।

विभागले नयाँ लाइसेन्सको आवेदन सोमवार साँझ ५ बजेदेखि खुल्ला गरेको थियो। तर, छ महिनापछि आवेदन खुलेसँगै एकैचोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। उनले लाइसेन्स आवेदन खुल्ला गर्नासाथ करिब ९/१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधवारदेखि सर्भर पूर्णरुपमा बन्द रहेको बताए। प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जती सक्दो चाँडो आवेदन खुलाउने उनले बताए।

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन्। यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबै भन्दा बढी छ। उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप