फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

एजेन्सी । अब फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको छ । फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको राखेको छ । बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन् ।

कम्पनीलाई नयाँ नाम दिइए पनि यसअघिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन् । कम्पनीअन्तर्गत फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत सञ्चालनमा छन् । फेसबुकले एउटा मात्रै सञ्जालको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री