नेपाली मुक्केबाज रविन पहिलो चरणबाटै बाहिरिए

काठमाडाैँ । नेपाली मुक्केबाज रविन थापा आइतबार पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित हुँदै बाहिरिएका छन् ।

सर्बियाको बेलग्रेडमा जारी च्याम्पियनसिप अन्तर्गत बुधबार भएको ४८ केजी तौल समूहमा रविन मंगोलियाका ज्ञानखुयाङसँग ५-० अंकले पराजित भएका हुन् ।

प्रतियोगितामा ४ नेपाली खेलाडीको सहभागिता छ । यसअघि भुपेन्द्र थापा मगर पनि पहिलो चरणबाटै बाहिरिँदा शानिल शाहीले भने अन्तिम ३२ सम्मको यात्रा तय गरिसकेका छन् । पुरन राईले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

पुरुषको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका रबिनकाे यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो । यस अघि नेपालका भुपेन्द्र थापा बाहिरिसकेका छन् । नेपालका सनिल शाही भने राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री