रसुवाका सबै पालिकामा एमाले अधिवेशन सम्पन्न, सबैमा सर्वसम्मत नेतृत्व

रसुवा।

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेकाे छ।

अधिवेशनले गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामिनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएका छन्।

कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेकाे छ।

यस्तै आमाछोदिङमाे गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन्।

उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन् ।

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री