काठमाडौं । आज देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना भएकाले नदी तथा खोला किनार, तटीय क्षेत्रका तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।
तपाईंको प्रतिकृया




