एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

 काठमाडौं  ।रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना-४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किँदा  दुर्घटना भएको   हो ।

दुर्घटनामा परि एम्बुलेन्स चालक गैडहवा गाउँपालिका -६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री