१५ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भर्इसकेकाे छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । याे निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ ।
यॊ पनि हेर्नुहॊस
एमाले सांसद लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता
काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने …
प्रतिकृया दिनुहॊस