सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

काठमाडौं  ।   सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट पाउने भएका छन् । देबयानी इन्टरनेशनलसँग बैंकले छुट दिनेबारे सम्झौता गरेको छ ।

ग्राहकहरुलाई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानीका नायब महाप्रबन्धक (वित्त विभाग) रितुराज शाहबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात केएफसी र पिज्जा हटको खाना तथा बेभरेजमा क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् ।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अनुरुप ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस